इराकमा अलपत्र ११ नेपालीको उद्धार गरि स्वदेश ल्याइयो

२०७१ श्रावण ३ गते, शनिबार


काठमाडौँ ,३ साउन। सरकारले इराकमा अलपत्र परेका ११ जना नेपालीको उद्धार गरी स्वदेश ल्याइएको छ । कुर्दिस्तान प्रान्तको एर्बिलका साथै किर्कुक र टिक्रिट सहरबाट उद्धार गरिएका उनीहरूलार्इ गएराति १० बजे काठमाडाैँ ल्याइएको हो ।
उद्धार गरिएका उनीहरुलाई परराष्ट्र मन्त्रालयले सरकारी खर्चमा नेपाल ल्याइएको हो । इराकमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सरकारले विशेष प्रतिनिधिका रुपमा परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनाली र इस्लामावादस्थित नेपाली दूतावासका नियोग उपप्रमुख तीर्थराज अर्याललाई इराक पठाएको थियो ।
अलपत्र परेका कास्की निर्मलपोखरीका सन्तोष लामिछाने, चितवन शारदानगरका प्रकाश विश्वकर्मा, रुकुमको कन्करीका धनबहादुर बिक, ओखलढुङ्को मूलखर्कका जीतबहादुर तामाङ, दाङका टोपबहादुर बस्नेत र अनिलकुमार चौधरी, मोरङ बयरबनका मोहनकुमार बस्नेत, निर्मलीडाँडा खोटाङका प्रकाश गिरि, सुकजोर रामेछापका विष्णुबहादुर बस्नेत तथा धनकुटा खुवाफोकका सुवास मादी र इन्द्रकुमार लिम्बुको उद्धार गरी बग्दात ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीको सिलसिलामा इराक जान प्रतिबन्ध लगाएको छ । तर अधिकांश नेपालीहरु भारत र अन्य मुलुक भएर इराक जाने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार