पुष्पलालको ३६ औं स्मृति दिवस मनाइदै

२०७१ श्रावण ७ गते, बुधबार


काठमाडौं , ७ साउन – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ ।विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा दिवङ्गत भएका पुष्पलालको ३६ औँ स्मृति दिवसको अवसरमा नेकपा एमालेले आज विभिन्न कार्यक्रम आयोजना गरेको छ । एमालेले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको हो ।
एमाओवादीले पनि बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ भने अन्य विभिन्न कम्युनिस्ट पार्टीहरूले समेत उनको स्मृतिमा कार्यक्रमहरूको आयोजना गरेका छन् ।
विसं २००६ मा भारतको कलकत्तामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राख्नुभएका श्रेष्ठको जन्म १९८१ असार १५ गते रामेछापमा भएको हो ।
तत्कालीन राणा शासकको अत्याचार र दमनचक्रका विरुद्ध प्रतिरोध सङ्घर्षमा उत्रनुपर्छ भन्ने मनोविज्ञानका कारण राजनीतिक आन्दोलनमा लागेका थिए । उनलाई राजनीतिमा ल्याउन महत्वपूर्ण योगदान गर्नेमा विसं १९९७ मा राणा शासकले गोली हानी हत्या गरिएका दाजु गङ्गालाल श्रेष्ठको रहेको थियो ।
गङ्गालालले पुष्पलाललाई ‘माइला मैले प्रजातन्त्रको निम्ति बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्’ भन्ने भनाई नै प्रमुख प्रेरणाको स्रोत बनेको थियो । गङ्गालाललाई मृत्युदण्ड दिइने अघिल्लो दिन भद्रगोल जेलमा परिवारसहित भेटन् जाँदा पुष्पलाललाई दाजु गङ्गालालले यस्ता भनेका थिए ।
नेपाली समाजको सर्वप्रथम वैज्ञानिक विश्लेषण गर्ने बुद्धिजीवीका रूपमा पुष्पलाललाई लिइन्छ । समाजलाई वैचारिक मोड दिने कुशल नेपाली माक्र्सवादी–लेनिनवादी सिद्धान्तकारको रूपमा लिइने उनको सादगी जीवन आजका कम्युनिस्ट पार्टीका नेताहरूले अनुसरण गर्न लायक थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार