भारतीय प्रधानमन्त्री मोदी साउन १८ गते नेपाल आउने

२०७१ श्रावण ८ गते, बिहीबार


काठमाडौं,८ साउन । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी यही साउन १८ गते तीन दिने नेपाल भ्रमणमा आउने कार्यक्रम निश्चित भएको छ ।यद्यपी मोदी भ्रमणको औपचारिक पुष्टि भने भारतीय विदेशमन्त्री सुषमा स्वराजको यात्रापछि मात्र गरिने स्रोतले बतायो । स्वराज शुक्रबार काठमाडौं आई आइतबार फर्कने कार्यक्रम छ ।मोदी भ्रमणको विस्तृत समयतालिका प्राप्त नभए पनि साउन १९ गते उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने चाहना राखेको बुझिएको छ ।भ्रमणका क्रममा मोदीले राष्ट्रपति डा. रामबरण यादब ,प्रधानमन्त्री सुशील कोइरालालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीको निम्तामा मोदी नेपाल आउन लागेका हुन् । भारतीय प्रधानमन्त्रीको द्धिपक्षिय यो यात्रा करिव सत्र वर्षपछि हुन लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार