तेह्रथुम तेस्रो दिन पनि ठप्प
काठमाडौं, १५ साउन। तेह्रथुमका कृषकले आज तेस्रोदिन पनि जिल्लामा यातायात बन्द गराएका छन् । जिल्ला विकास समिति तेह्रथुमले कृषिजन्य वस्तुको निकासी कर बढाएको भन्दै कृषक र ब्यापारीले यातायात बन्द गराएका हुन् ।
बन्दका कारण आज पनि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । वन्दका कारण तेह्रथुमको जनजिवन प्रभावित भएको छ । जिल्ला विकास समितिले कर नघटाए अझ कडा आन्दोलन गर्ने चेतावनी कृषकले दिएका छन् ।
१६ गतेसम्म पनि माग पूरा नभए आमहड्ताल गर्ने चेतावनी उनीहरुको छ । जिल्ला विकास समितिले १० गुनासम्म कृषि जन्य वस्तु निर्यात निकासी वढाए पछि कृषकहरु आन्दोलित भएका हुन् ।