क्रान्तिकारी नेत्री मानुषीको आकस्मिक निधन

२०७१ श्रावण १५ गते, बिहीबार


काठमाडौँ, १५ साउन । नेपाल कम्युनिस्ट पार्टी- माओवादी पूर्व राज्य कमिटी सदस्य हाल कालिकोट जिल्लामा कार्यरत गौरीकला बि क “मानुषी” को आज विहान घाँस काट्न गएको अवस्थामा माथिबाट ढुङ्गा खसी टाउकामा लागेर दुर्घटना स्थलमै देहान्त हुन गएको छ । गौरीकला बि क “मानुषी लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन र दलित मुक्ति आन्दोलनमा निरन्तर खट्दै आउनुभएको थियो । १० वर्षे जनयुद्धमा अनवरत खट्दै आएकी एक महिला योद्धाको आकस्मिक दुर्घटनाबाट मृत्यु हुन गएकोमानेपाल कम्युनिस्ट पार्टी- माओवादीले गम्भीर दुःख व्यक्तगरेको छ । गाेरीकला बिक अथार्त कमरेड मानुषी जनयुद्दले जन्माएको कालीकोट, माल्कोटको एउटा ससक्त कम्युनिस्ट योद्दा थिइन, जस्को दुर्इ दाजुको जनयुद्दमा सहादत भएको थियो । उनले जनयुद्दको तेस्रो किल्ला कालीकोटमा गैारवशाली भूमिका निभाउनुका साथै र निरन्तर क्रान्तियात्रामा सहभागी रहँदै अाएकि थिइन ।
गौरीकला बि क “मानुषी प्रति यस जनाखाबर अनलाइन भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]