पाँच लिम्बुवान पार्टी एक भए

२०७१ श्रावण २० गते, मंगलवार


काठमाडौं। क्षेत्रीय राजनीति गर्दै आएका पूर्वका लिम्बुवान पार्टीहरुमध्ये पाँच मुख्य पार्टीबीच एकता भएको छ ।भेडेटारमा तीनदिनसम्म चलेको एकता भेला पछि मंगलबार बिहान पत्रकार सम्मेन गर्दै एकता भएको घोषणा गरेको हो ।एकता पछि पार्टीको नाम संघीय लिम्बुवान पार्टी नेपाल, त्यसको अध्यक्ष कुमार लिङ्देन, सर्वमान्य नेता वीर नेम्बाङ, वरिष्ठ नेता संजुहाङ् पालुङवा, वरिष्ठ उपाध्यक्ष कमल छाराहाङ, महासचिव सुर्यमाखिम रहने सहमति भएको छ ।एकता भेलामा अरुण शप्तकोशी पूर्वका नौजिल्ला संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्वायत्त लिम्बुवान हुनुपर्ने माग राख्दै आएका लिम्बुवान जन्य प्रमुख राजनीतिक दलहरु मध्ये कुमार लिङ्देन नेतृत्वको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, संजुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान आन्दोलनका जेठो दल मानिएको वीर नेम्बाङ् नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा, सोही मोर्चाबाट फुटेपछि रामभक्त कुरुम्बाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा नेपाल र कमल छाराहाङ् नेतृत्वको संघीय गणतान्त्रिक पार्टीबीच एकता भएको हो ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु