एमाओवादी पार्टीको आन्तरिक विवाद मिलाउन बैठक बस्दै
काठमाडौ, २८ साउन । एकीकृत नेकपा माओवादी पार्टीको आन्तरिक विवाद मिलाउन आज पनि बैठक बस्दैछ ।आज दिउँसो बस्ने स्थायी समितिको बैठकमार्फत सहमतिको प्रयास गरिनेछ । पार्टीभित्रको अन्तरसङ्घर्षका कारण संविधान निर्माणमा असर पर्ने भन्दै वैचारिक एकता कायम गरेर जाने निर्णय गरेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा हिजो बसेको वैचारिक विवाद समाधान समितिको बैठकमा सहमति हुन नसकेपछि आज स्थायी समिति बस्न लागेको हो ।उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठक पार्टी कार्यालय बस्ने हिजो तय भएपनि आज समय र ठाउँबारे छलफल भइरहेको बताउनुभयो । एमाओवादीभित्र अध्यक्ष दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षबीच जिल्ला तहमा पदीय बाँडफाँटमा विवाद देखिएको छ ।