संघीय समाजवादीका बरिष्ठ उपाध्यक्ष एमालेमा फर्कदै

२०७१ श्रावण २९ गते, बिहीबार

काठमाडौ, २९ साउन । संघीय समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष विजय सुब्बा एमालेमा फर्किनुभएका छन् ।सुब्बा एमाले फर्किएको औपचारिक घोषणा आज दिउँसो एमाले केन्द्रीय कार्यालय बल्खुमा गर्ने बताएका छन् । सुब्बाले भने ‘जुन उद्देश्यका लागि पार्टी बनाइएको थियो त्यस अनुसार काम भएन् । त्यसैले म एमालेमै फर्केंं ।’एमालेमा सुब्बालाई पोलिटब्यूरो सदस्य बनाउने तयारी भैरहेको छ । सुब्बा एमाले छोड्नुअघि पोलिटब्यूरो सदस्य थिए । सुब्बाले संघीय समाजवादी पार्टीमा अपारदर्शी ढंगले काम भैरहेको, विचार निर्माणमा प्रष्टता नभएको र उद्देश्य अनुसार काम नभएकोले बस्नु उचित नलागेको बतए । सुब्बासँगै संघीय समाजवादी पार्टीका केन्द्रीय सचिव मीना गुरुङ र केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकी मगर पनि एमालेमा फर्किँदै छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु