विद्युत प्राधिकरण ३० औं वार्षिक उत्सव मनाउँदै

२०७१ भाद्र १ गते, आईतवार


काठमाडौ, १ भदौ – नेपाल विद्युत प्राधिकरणले आइतबार ३० औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले विद्युतको बढ्दो माग बमोजिम आपूर्ति नहुँदा अहिले लोडसेडिङ गर्नूपर्ने बाध्यता रहेपनि आउने दिनमा चुनौतीहरुको सामना गर्दै लोडसेडिङ कम गर्ने तयारी भैरहेको बताउनुभएको छ ।
चालू आर्थिक वर्षको अन्तिमसम्ममा विद्युत चुहावटलाई २३ प्रतिशतमा झार्ने लक्ष्यका साथ विद्युत चुहावट नियन्त्रण कार्यलाई तीब्र अभियानको रुपमा सञ्चालन गर्ने उहाँको भनाई छ ।
नवीनतम प्रविधिहरुको प्रयोग गरी समयको आवश्यकता अनुसार सेवाको स्तर वृद्धि गर्दै लैजाने योजना रहेको निमित्त कार्यकारी निर्देशक पाण्डेयले बताउनुभएको छ । सूचना प्रविधिको पहुँचमा पुगेका ग्राहकको लागि इन्टरनेट मार्फत महशुल भुक्तानी गर्ने तथा बिलिङ सूचना प्रणलीको सुविधा उपलब्ध गराइने तयारी समेत भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु