राष्ट्रिय विपत्ति केन्द्रीय उद्धार तथा पुनस्र्थापना समिति गठन
काठमाडौं, ४ भदौ । सरकारले प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय विपत्ति केन्द्रीय उद्धार तथा पुनस्र्थापना समिति गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभाभित्रका सबै दलका प्रतिनिधि, दुई उपप्रधानमन्त्रीसहित चार मन्त्री सहभागी ४१ सदस्यीय समिति गठन गरेको हो । देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण सयौंको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् । पीडितलाई उद्धार गरी राहत पुर्याउने उद्देश्यले सरकारले केन्द्रीय समिति गठन गरेको हो ।
संविधानसभाका ३२ दलका एक÷एकजना प्रतिनिधिका साथै उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा आवासमन्त्री विमलेन्द्र निधि, सवस्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसी समितिमा छन् ।