माओबादी मजदुर आन्दोलनमा उत्रिए
काठमाडौ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नेवा राज्य समितिले उपत्यकामा रहेका बिभिन्न प्रतिष्ठान र कारखानामा भईरहेका संघर्षलाई अझ सशक्त र प्रावकारी बनाउन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कान्तिपुर पब्लिकेशन , सिजी टेलिकम्युनिकेशन , नविल बैंक पशुपति फुट्स(आगन ),पर्यटन ,हरिसिद्धि इट्टा टायल ललितपुर र सिप्रद्धी ट्रेडिङमा कार्यरत मजदुरले उठाएका मागको तत्काल सम्बोधन गर्न सम्बन्धित प्रतिष्ठान र उद्योग कलकारखानाका व्यास्थापकसँग पनि समितिले माग गरेको छ ।समिति संयोजक शालिकराम काफ्ले र ईन्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर)ले संयुक्त रुपमा जारी वक्तव्यमा मजदुरले राखेका मागको उचित सुनुवाई नभए कडा संघर्षमा जाने चेतावनी दिइएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघका संयोजक रामदिप आचार्यले कान्तीपुर पव्लिकेशन र सिजि टेलिकमसंगको लडाईको फैसला मैदानबाटै हुने चेतावनी दिए ।
आन्दोलनरत मजदुरले कान्तिपुरमा न्यनतम पारिश्रमीक पाउनुपर्ने ,ठेकेदारी प्रथाको अन्त्य ,महङगी भत्ता बृद्धि लगायतका ७ बुदे माग तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् । कान्तिपुर दैनिकको पहिलो चरण आन्दोलन सशक्त हुँदै गएको त्यस पब्लिकेशनका १ हजार ४६ जना कर्मचारी मध्ये बहुसंख्यक कर्मचारीहरु आन्दोलनमा सहभागी भएको अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका केन्द्रीय संयोजक जन्मदेव जैसीले जानकारी दिए । ‘आन्दोलन सशक्त बन्दै गएको छ, उपत्यकाबाहेक क्षेत्रीय कार्यालयहरुमा पनि आन्दोलनमा सक्रि सहभागिता छ, व्यवस्थापनले माग सम्बोधन नगरे दोश्रो चरणमा कडा कार्यक्रम ल्याइनेछ,’ जैसीले भने ।
यस्तै सिजीमा कार्यरत ५८ जना कर्मचारीलाई निश्काशनको तयारि गरिएकोले त्यसलाई रोक्नुपर्ने र नविलमा ठेकेदारी प्रथाबाट करारमा राखिएका ९० जना कर्मचारीलाई स्थाई गर्नुका साथै निश्कासित मजदुरलाई पुनरवहालि गर्नुपर्ने माग छ ।
त्यस्तै नविल वैंक र ह्रयात होटलमा पनि मजदुरका माग संवोधन नभए ति संस्थाहरु वन्द हुने आचार्यको चेतावनी छ ।
यसैगरी, आस्थाका आधारमा निश्कासन गरिएका आगनमा कार्यरत काशिन्द्र सिंह तथा पर्यटनबाट निश्कासित मजदुलाई पुनवहालीको माग पनि गरेका छन् । हरिसिद्धीमा कार्यरत मजदुरलाई दुई बर्षदेखि तलब नदिएकोले तत्काल उपलब्ध गराउनु पनि उनीहरुको माग छ । उता सिप्रदीमा कार्यरत सुरज रोक्कालाई रातिनितिक प्रतिशोधका आधारमा सरुवा गरिएको भन्दै मजदुरले त्यसलाई रोक्न पनि संयुक्त रुपमा माग गरेका छन् ।