एमाओवादी जोगाउन पदाधिकारी बैठक बस्दै
काठमाडौ, ५ भदौ । एमाओवादी पार्टीभित्र देखिएको विवाद समाधानको उपाय खोज्न एकीकृत माओवादी पदाधिकारी बैठक आज अपरान्ह ४ बजे पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निवास लाजिम्पाटमा बैठक बस्न लागेको छ । पार्टीमा सस्थापन पक्ष र डा बाबुराम भट्टराई पक्षबीच पार्टी एकीकरण गरेर लैजाने सहमति भएपनि भट्टराई पक्षले सहमति पालना नगरेको भन्दै समानान्तर समिति गठन गरेको छ ।
भट्टराई पक्षले हिजो मात्रै काठमाडौमा समानान्तर कमिटि गठन गरेपछि सहमति तोडिएको भन्दै संस्थापन पक्षले विरोध गरेको छ । माओवादीभित्र फेरि विवाद बल्झिएकाले त्यसैलाई मिलाउन अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन् ।