कान्तिपुर धरपकडमा उत्रियो : आचार्य

२०७१ भाद्र ६ गते, शुक्रबार

काठमाडौं, ६ भदौ ।अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन संघले कान्तिपुरमा आन्दोलनरत कर्मचारीले आफूहरको जायज माग पुरा गराउनुको साटो व्यवस्थापन धरपकडमा उत्रिएको दाबी गरेको छ ।विभिन्न ७ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका आन्दोलनको नेतृत्वकर्ता संगठन अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन संघले यस्तो दाबी गरेको हो ।संघका संयोजक रामदिप आचार्यले आज एक विज्ञप्ती जारी गर्दै कान्तिपुर पब्लिकेशन इकाइ समितिले ७ सुत्रीय माग राखी गरेको आन्दोलनमा कान्तिपुर व्यवस्थापन र राज्य पक्ष मिलेर व्यापक धरपकड, दमन र गिरफ्तारी गरेको आरोप लगाएका छन् । उनले घटनाप्रति आपत्ती प्रकट गर्दै उक्त आन्दोलनको क्रममा गिरफ्तार महासंघको नेवाः राज्य इञ्चार्ज कमरेड पुस्कर श्रेष्ठ, अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन संघका केन्द्रीय संयोजक क।जन्मदेव जैसी, कान्तिपुर इकाइ उपाध्यक्ष श्यामकृष्ण पुडासैनी, दिपबहादुर खत्री, रमेश दाहाल, रत्नबहादुर चालिसे, राजेन्द्र कोइरालालाई अबिलम्ब र बिनाशर्त रिहाइको जोड्दार माग गरेका छन् ।
आफूहरुले राख्दै आएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके बमोजिम न्यूनतम तलब हुनुपर्ने, ठेकेदारी प्रथाको खारेजी, २४० दिन पूरा गरेका कामदार कर्मचारीलाई स्थायी नियुक्तीपत्र दिनुपर्ने लगायतका ७ सुत्रीय आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।
उनले माग पुरा नभएसम्म कान्तिपुर पब्लिकेसनबाट प्रकाशित पत्रपत्रिकाहरु कान्तिपुर र द काठमाडौं पोष्ट विक्री वितरण नगर्ने, मजदूरहरुको कार्यक्रममा दृढतापूर्वक सहयोग गर्ने समेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु