एमाओवादी चितवनमा समानान्तर समिति

२०७१ भाद्र ८ गते, आईतवार


काठमाडौ, ७ भदौ । एकीकृत नेकपा माओवादी चितवनमा डा.बाबुराम भट्टराई पक्षीय नेताहरुले समानान्तर समिति गठन गरेका छन् ।केहीदिन अघि बसेको जिल्ला समितिको बैठक बहिस्कार गरेका भट्टराई पक्षीय नेताहरुले पूर्व सेक्रेटरी रमेश रेग्मी अमरको अध्यक्षतामा समानान्तर समिति बनाएका हुन् ।प्रचण्ड पक्षीय नेता तथा कार्यकर्ता गुटगत मानसिकताबाट माथि उठ्न नसकेकाले समानान्तर समिति गठन गरिएको रेग्मीले बताए । भरतपुर बसपार्क क्षेत्रमा भएको भेलाले १० सदस्य पछि थप गर्ने गरी ५१ सदस्यीय समिति गठन गरेको हो । आफु भन्दा कनिष्टलाई अध्यक्ष बनाइएको, पदाधिकारीको जिम्मेवारी बाँडफाँडपछि एकलौटी ढंगले भुगोलका आधारमा जिम्मेवारी बाँडफाँड गरिएको लगायतका कारणले छुट्टै समिति गठन गर्नुपरेको भट्टराई पक्षीय नेताहरुले बताएका छन् ।
केही दिनअघि बाबुराम भट्टराई पक्षीय केन्द्रीय नेताहरु समानान्तर समिति गठन गर्न चितवन आएपनि उनीहरुसँग भेट नभएको र यस विषयमा कुरा नभएको रेग्मीले बताए । विचार प्रवाहमा रोक लगाइएको, लोकतान्त्रिक विधिलाई व्यवहारमा ल्याउन नदिइएको तथा जनयुद्ध जनआन्दोलन लगायतका संघर्षका बेला दुख गरेका नेता तथा कार्यकर्तालाई जिम्मेवारीबाट बञ्चित गरिएको कारणले आफुहरु छुट्टै ढंगले संगठित भएको रेग्मीको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु