कान्तिपुरका मजदुरहरुको आन्दोलन जारी
काठमाण्डौं, ९ भदौ । अखिल नेपाल क्रान्तिकारी संचार छापाखाना र प्रकाशन मजदुरसंघ कान्तिपुर मुलएकाई कमिटीले आज पनि कान्तिपुर प्रकाशनको केन्द्रीय कार्यालय सुविधानगर तीनकुने काठमाण्डौंमा धर्ना दिएका छन् । उनीहरुको मुख्य मागहरु श्रमजीवि पत्रकार ऐनले तोकेको न्युनतम तलव १० हजार ८ लागु गर, २४० दिन पुगेका कर्मचारीलाई स्थायी नियुक्तिको व्यवस्था गर, ठेकेदारी प्रथाको अन्त्य गर, ग्रोथ सेलर कम्पनी ठेकेदारी प्रथाको अन्त्य गर, सम्मान जनक उपदानको व्यवस्था गर लगायत सात बुँदे जायज मागहरु राखि श्रमजीवि मजदुरहरुले विगत लामो समय देखि अन्दोलन गरेको तर प्रशासनले कानमा तेलहाली बसेको अझ मजुर नेताहरुलाई धरपक्कड गरी हिरासतमा राखी झुट्टा मुद्धा चालाउन लागेको भन्दै मजदुरहरु अझ आक्रोसित र आन्दोलित भएका हुन् । प्रेस स्वतन्त्रताको कुरा गर्ने तर प्रेस श्रमजीवि मजदुरहरुको स्वतन्त्रता र अधिकारलाई दमन चक्र चलाउने प्रेस स्वतन्त्रताको नाममा उघोगपतिहरु कुर्लिने श्रम ऐन नमान्ने, नेपालको कानुन नमान्ने र मजदुरहरुलाई श्रम अधिकार नदिने, करोडौं रुपैया कुम्याउने नाफा कमाउने श्रमजीवि मजदुरहरुलाई भोक भोकै राख्ने र एउटा सानो मजदुर एकाई कमिटीले गरेको आन्दोलनको विरुद्धमा ठूला पार्टीहरुले नै बोलेर उनीहरु श्रमजीवि मजदुरहरुको विरुद्धमा उभिएको र मालिक, दलालहरुको पक्षमा लागेको स्पष्ट भएको कुरा मजुर नेता विजय दर्नालले बताए । मजदुरको विरुद्धमा उभिनेहरु सम्माप्त हुने चेतावनी दिए । जायज मागहरु पूरा नगरे सम्म आन्दोलन जारी रहने र भोलि पनि विहान ७ बजे धर्नामा उस्थित हुन सम्पूर्ण श्रमजीवि मजदुरहरुलाई अपिल पनि गरिएको छ ।