माओवादी र तीन दलबीच छलफल हुँदै
काठमाडौ, ११ भदौ । संविधानसभा बाहिर रहेको नेकपा – माओवादी र संविधानसभामा सामेल भएका कांग्रेस , एमाले र एमाओबादी बीच आज छलफल हुने भएको छ ।हिजो मात्रै प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेको दलसँग नेकपा – माओवादी बैठक बस्न तयार भएको हो । नेकपा – माओवादीलाई संविधानसभामा कसरी समेट्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुन लागेको हो ।
प्रधानमन्त्री निवास बालुबाटारमा बैठक बस्न लागिएको भएपनि समय भने तय भइनसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसबीच प्रधानमन्त्री निवास बालुवाटारमा हिजो नेकपा माओवादीसँग भएको भेटमा नयाँ संविधान निर्माणबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।भेटमा बैद्य माओवादीले सर्वपक्षीय भेलाबाट संविधानका अन्तरवस्तुबारे सहमति खोज्न प्रस्ताव राखेको छ ।