भदौं १३ गते चितवन बन्द

२०७१ भाद्र १२ गते, बिहीबार


काठमाडौँ , १२ भदौं। नेकपा–माओवादी चितवनले भोलि चितवन बन्दको घोषणा गरेको छ । भारतीय लगानीमा चितवनको माडीमा निर्माण भएको विद्यालयको भवन उद्घाटन गर्न भारतीय राजदुत आउने भएपछि नेकपा–माओवादी चितवन विरोधमा उत्रिएको हो । भारतीय राजदुत रञ्जित रे भोलि भदौं १३ गते भवनको समुद्घाटन गर्न चितवन आउन लागेपछि माओवादी विरोधमा उत्रिएको हो । विरोध स्वरुप सो दिन माओवादीले चितवन बन्दको आह्वान समेत गरेको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरि माओवादीले राष्ट्रियता जोगाउनका लागि बाध्य भएर बन्दको आह्वान गर्नुपरेको जनाएको छ ।
जिल्ला इञ्चार्ज गुणराज लोहनीले अन्तराष्ट्रिय कुटनितिक मर्यादा उल्लंघन गर्दै चाडबाडको मौका छोपी माडी बहुमुखी क्याम्पसको समुद्घाटन गर्न लागिएकोले विरोध गरेको बताए । पहिल्यै देखिनै नेपाल सरकारका प्रतिनिधिबाट सो विद्यालय भवनको समुद्घाटन गर्न आग्रह गर्दै आएपनि आफूहरुको मागको सम्बोधन नभएकाले सो कार्य रोक्नका लागि बन्द आह्वान गरिएको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु