जिप्रका काठमाडौंका घुस्याहा सुब्बा रंगेहात पक्राउ

२०७१ भाद्र १२ गते, बिहीबार


काठमाडौं , १२ भदौ । जिल्ला प्रशासन कार्यालय रंगेहात पक्राउ का नायब सुब्बा सेवाग्राहीसँग घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नावयसुब्बा छविराम काफ्लेलाई बिहीबार पक्राउ गरेको हो । उनलाई घूस लिएको रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता श्रीधर पौडेलले बताए । घूस लिएर काम गर्ने गरेको उजुरीका आधारमा अख्तियारले जिल्ला प्रशासन कार्यालयमा छापा मारेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु