माओवादीद्वारा चितवन बन्द

२०७१ भाद्र १३ गते, शुक्रबार


काठमाडौं, १३ भदौं ।नेकपा–माओवादी चितवनले आज जिल्ला बन्दको आह्वान गरेको छ ।माडीमा भारत सरकारले निर्माण गरेको माडी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको समुद्घाटन गर्न भारतीय राजदुत रे आएको भन्दै विरोध स्वरुप नेकपा–माओवादीले बन्दको आह्वान गरेको । तर बन्दको प्रभाव भने सामान्य परेको छ । स्थानिय रुटका केही सवारी साधानहरु संचालनमा आउन सकेका छैनन् ।
यसैबीच पूर्वी चितवनको रत्ननगरमा नेकपा–माओवादीका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आज विहान सौराहा चोकबाट क्षेत्र नं ३ का इलाका इञ्चार्ज किरण पोखरेल, क्षेत्र नं ४ का इलाका इञ्चार्ज विराट लामा, जिल्ला कमिटि सदस्य अर्जुन बस्ताकोटी, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सरोज भण्डारी, विद्यार्थी संगठनका जिल्ला सदस्य अम्मर खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरु सबैलाई अहिले इलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु