एन्फा कप फुटबल सुरु हुँदै

२०७१ भाद्र १७ गते, मंगलवार


काठमाडौं, १७ भदौ । एन्फा कप नक आउट फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा दिउसो १ वजे हुने उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याग्दी क्लवले मोफसलको झापा फुटबल क्लवसँग खेल्दैछ ।
८ टोली सहभागि प्रतियोगिताको समुह ए मा मनाङ, झापा, थ्रिस्टार क्लव र सशष्त्र प्रहरीको एपिएफ टिम रहेका छन् । यसैगरी समुह बी मा नेपाल पुलीस क्लव, त्रिभुवन आर्मी क्लव, संकटा क्लव र मोरङ फुटबल क्लव रहेका छन् ।नक आउटको आधारमा संचालन हुने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैंया पुरस्कार जित्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु