राजनीतिक सभाको बातावरण बन्दै

२०७१ भाद्र १८ गते, बुधबार


काठमाडौ , १८ भदौ– सरकार र मुख्य राजनीतिक दलहरुले नेकपा- माओवादीसहित संविधानसभा बाहिरका शक्तिहरुलाई समेट्न राजनीतिकसभाको अवधारणा लागू गर्ने भएका छन् ।कार्यतालिकाभित्रै नयाँ संविधान जारी गर्न नेकपा–माओवादीलाई समेत संविधान निर्माण प्रक्रियामा सहभागी गराउनका लागि उसले राखेको राजनीतिक सभाको खाका बनाउन दलहरु औपचारिक छलफलमा जुटेका हुन् ।
सरकारमा सहभागी दल, प्रमुख विपक्षी एमाओवादी र नेकपा–माओवादीबीच मंगलबार भएको त्रिपक्षीय छलफलपछि उनीहरुले संविधानसभाबाहिरका शक्तिलाई समावेश गर्ने राजनीतिक खाका खोजी आगामी बैठकमा पेस गर्ने निर्णय गरेका छन् ।
बैठकको सुरुमै कांग्रेस र एमालेका नेताहरुले संविधान निर्माणको विषयमा संविधानसभाबाहिर सहमति गर्नु प्रकृयागत ढंगले गलत हुने भन्दै त्यसबारे गृहकार्य हुनुपर्ने बताएका थिए । आफूले राखेको प्रस्ताव अस्वीकार हुने देखेपछि नेकपा–माओवादीका नेताहरु केही आक्रोशित भएका थिए । तर, लगत्तै संविधानसभाको अधिकार कटौत नहुने गरी राजनीतिक भेला या सम्मेलनबाट पनि सहमति खोज्न सकिने धारणा राखेपछि छलफल सकरात्मक बनेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु