प्रचण्ड र बाबुराम पक्षका बिद्यार्थीबीच मारमुन्ग्री

२०७१ भाद्र १८ गते, बुधबार


काठमाडौं, १८ भाद्र । महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्रचण्ड र बाबुराम भट्टराई पक्षका बिद्यार्थीबीच कुटाकुट भएको छ । भर्खरै प्राप्त समाचारअनुसार बाबुराम पक्षका कार्यकर्ताको अनौपचारिक छलफलमा प्रचण्ड पक्षका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ । पछिल्लो पटक संगठनबारे गरिएको निर्णयमा प्रचण्ड पक्षले बाबुराम पक्षको वेवास्ता गरेपछि असन्तुष्ट पक्षको अनौपचारिक छलफल चल्दै गरेको र छलफल पार्टी निर्णयविपरित भएको भन्दै पचण्ड पक्षले आक्रमण गरेको बताइएको छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यक्ष सिपि बजगाई र उपाध्यक्ष विदूर महत प्रचण्ड पक्षका नेता हुन् । क्याम्पस इकाइका बाबुराम पक्षीय सचिव सिताराम घिमिरेलाई उपाध्यक्ष विदूर नेतृत्वको एक समूहले आक्रमण गरको हो । विद्यार्थी संगठनमा केन्द्रीय सदस्य समेत रहेको बजगाईंको निर्देशनमा घटना भएको स्रोतले जनायो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु