अखिल क्रान्तिकारीले शैक्षिक हडताल गर्ने
काठमाडौं, १८ भदौ । नेकपा-माओवादी निकट अखिल क्रान्तिकारीले शिक्षण संस्थाले सहमति विपरित चर्को र मनमरी रुपमा शुल्क असुल गरेको, छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका विद्यार्थीबाट शुल्क असल गरेको, सर्वोच्चको आदेश विपरित प्याब्सनले शुल्क बृद्धि आन्दोलन घोषणा गरेको छ । बुधवार संवाद डबलीमा पत्रकार सम्मेलनमा शुल्कबृद्धि विरुद्ध नयाँ संर्घष्ाका कार्यक्रम र्सार्वजनिक गरेको हो । ‘विशुद्ध मुनाफाको दृष्टिकोणबाट प्रेरित भई गरिएको शुल्कबृद्धि र सर्वोच्च अदालतको आदेश विपरित प्यब्सनले गरेको शुल्कबृद्धि गरेकाले आन्दोलन गर्नुपरेको हो’, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले भने । रसाइलीले शिक्षण संस्थाले अवैज्ञानिक र अस्वभाविक ढंगले प्रत्येक बर्षगरिने शुल्कबृद्धिले विद्यार्थी तथा अभिभावकमाथि चर्को तनाव थोपरेको बताए ।
पत्रकार सम्मेलनमा जारी विज्ञाप्तीमा जनाइए अनुसार, जेठमा भएको शुल्क समायोजनको सहमति कार्यन्वयन हुनेपर्ने, उच्च मावि अधययनको लागि छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुबाट लिइएको शुल्क बिना र्सत फिर्ता गर्नुपर्ने, सिटिइभिटी अन्तरगतका नर्सिङ लगायतका सबै कार्यक्रमहरुमा भएको चर्को शृल्क बृद्धि फिर्ता गरि शुल्कको वैज्ञानिक मापदण्ड तोकिनुपर्ने, पोखरा, पर्ूवाञ्चल, त्रिभुवन विश्वविद्यालय अन्तरगतका इन्जिनियरिङ कलेजहरुले गरेको शुल्कबृद्धि खारेज गरिनुपर्ने, त्रिभुवन र काठमाडौं विश्वविद्यालयको एमविविएस तहमा तोकिएको न्यूनतम शुल्क कार्यान्वयन गरिनुपर्ने लगायतका मागहरु उसले अघि सारेको छ ।
संर्घष्का कार्यक्रमः
– भाद्र २२ गते सबै शैक्षिक निकायहरुमा चेतावनी पत्र बुझाउने ।
– भाद्र २४ गते देशै भरका जिल्ला शिक्षा कार्यालय र डिन कार्यालयमा धर्ना ।
– भाद्र २७ गते शुल्क समायोजनको सहमति पत्र समावेश गरी अभिभावकहरुलाई पत्रचार गर्ने ।
– भाद्र २९ गते सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने ।
– भाद्र ३१, असोज १ र २ गते सबै आन्दोलन केन्द्रीत शिक्षण संस्थाहरुको लेखा शाखा र प्रशासनमा तालाबन्दी गर्ने । – असोज ३ र ५ गते देशव्यापी नीजि शिक्षण संस्थाहरु हडताल गर्ने ।