सभासद् विदेश यात्रामा रमाउदै

२०७१ भाद्र २० गते, शुक्रबार


काठमाडौ, २० भदौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको निर्देशन विपरीत सातजना सभासद् शुक्रबार मलेसिया जान लागेका छन् । नेम्बाङले संविधानको मस्यौंदा तयार नभएसम्म जिल्ला समेत नजान निर्देशन दिइरहेका बेला अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा यी सभासद मलेसिया जान लागेका हुन् ।
मलेसिया जाने सभासदमा कांग्रेसका कमला पन्त, जगदीश्वरनरसिंह केसी, नेकपा मालेका सीपी मैनाली लगायत सात जना छन् । एमाओवादीले भने आफ्नो सभासदलाई विदेश जान रोक लगाएको छ । एमाओवादीका शक्ति बस्नेतको नाम विदेश जानेको सूचीमा भए पनि प्रमुख सचेतक गिरिराजमणी पोखरेलले नजान निर्देशन एिका हुन् । ‘अहिले विदेश जाने बेला होइन,’,पोखरेलले भने,‘संविधानका विषयमा सहमति गर्न यत्रो गृहकार्य भइरहेको छ । यस्तो अबस्थामा के को विदेश ? ’संविधानका विवादि विषयमा शनिबारसम्म सहमति नजुटे प्रक्रिया अनुसार अगाडि बढ्ने बेलामा सभासद्हरु विदेश यात्रामा निस्कन लागेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु