यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा भण्डारी निर्वाचित

२०७१ भाद्र २१ गते, शनिबार

काठमाडौ, २१ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको चितवनको रत्ननगरमा तीन दिनसम्म चलेको महाधिवेशनले दिनेश भण्डारीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको छ ।गएराति सार्वजनिक मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा डोलनाथ खनाल, विजय स्वाँर र दीपक अधिकारी विजयी भएका छन् ।
उपाध्यक्षमा केदारनाथ पौडेल, पुष्पा श्रेष्ठ, रामप्रसाद सुवेदी, हरिशरण केसी र भरत तिमिल्सिना विजयी भए । पाँच जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको थियो ।
महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा सुरेश हमाल र डेकनाथ गौतम, सचिवमा सानुकाजी प्रजापती र वसन्त भण्डारी, कोषाध्यक्षमा सुयस पौडेल र सहकोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणि सापकोटाले जानकारी दिए ।
एक हजार ५ सय २१ मतदातामध्ये कुल एक हजार ४ सय २८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।यसअघि अञ्चल, क्षेत्रीय र वर्गीय गरी २७ संयोजक भने निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु