निजामती सेवा दिवस मनाइदै

२०७१ भाद्र २२ गते, आईतवार


काठमाडाै‌, २२ भदाै । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । विक्रम संवत २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन आएको सम्झनामा २०६२ सालदेखि यो दिवस मनाउन थालिएको हो ।सरकारले दिवसको अवसरमा आज निजामति सेवा पुरस्कार र सम्मान वितरण गर्दैछ । १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई निजामती सेवा पुरस्कार दिने र ३७ जना पुर्व कर्मचारीलाई सम्मान गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु