देश टुक्रयाउने माग राख्ने राउत पक्राउ
काठमाडौँ ,२९ भदौ । भावी संविधानमा देश टुक्र्याउन पाउने अधिकार राख्न माग राखेर तराईमा अभियान चलाउँदै आएका डा. सीके राउत पक्राउ परेका छन् ।सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न भएको भन्दै उनलाई शनिबार दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको हो ।
मोरङको रंगेलीमा स्थानीयलाई जम्मा गरेर राष्ट्रिय एकता बिग्रने आसयको भाषण गरिरहेको सूचनाका आधारमा प्रहरीले डा। राउतलाई पक्राउ गरेको स्रोतले बतायो । मोरङ प्रहरीका डीएसपी प्रभु ढकालले राउतलाई पक्राउ गरेको पुष्टि गरे । ‘सामाजिक सदघाव बिगार्ने गतिविधि गरेको सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ उनले भने ।
यसअघि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत राउतले ‘राज्यसँग छुट्टिन पाउनुपर्ने अधिकार’ आगामी संविधानमा उल्लेख गर्नुपर्ने सुझाव राखेका थिए ।