एमाओवादीका उपाध्यक्ष बोगटीको निधन

२०७१ भाद्र ३० गते, सोमबार


काठमाडौं,३० भदौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ । उपचारको क्रममा नर्भिक अस्तपालमा सोमबार विहान उनको निधन भएको हो । बोगटीलाई चार दिनअघि अचानक एकैपटक हृदयाघात र मस्तिष्कघात भएपछि गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई नर्भिक अस्पतालमा ल्याएर उपचार भएको थियो ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बोगटीको जन्म बि.सं. २०१० साल श्रावण ३ गते तुप्चे २, नुवाकोटमा भएको थियो । कक्षा ८ सम्मको औपचारिक शिक्षा लिनुभएका बोगटी पार्टी राजनीतिमा गुटको सन्तुलन मिलाउन जान्ने नेताका रुपमा चिनिन्थे ।
उनले बिसं २०३४ सालदेखि राजनीति सुरु गरेका थिए । बोगटी बिसं २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्लाको क्षेत्र नम्वर ३ बाट १६ हजार ७ सय ३५ मत ल्याएर विजयी भएका थिए । तर बिस २०७० को निर्वाचनमा भने उनि सोही क्षेत्रबाट उनि कांग्रेसका बहादुरसिंह लामासंग पराजित भएका थिए ।
बिसं २०७० सालमा हेटौडामा भएको सातौं महाधिवेशनबाट एकीकृत नेकपा माओवादीका महासचिव हुनुभएका केही महिनाअघि काठमाडौंमा भएको विशेषमहाधिवेशनबाट बोगटी उपाध्यक्ष बनेका थिए । बोगटी सूचना तथा सञ्चार र संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत बनेका थिए । उनका दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु