लोकमानलाई संसदको अनुगमन समितिको उर्दी

२०७१ भाद्र ३० गते, सोमबार


काठमाडौं, ३० भदौ । व्यवस्थापिका संसदको सुशासन अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काम–कारबाहीबारे प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग जानकारी लिने भएको छ । अख्तियारले साना कर्मचारीलाई समातेर ठूला भ्रष्टाचारी छोडेको कुरा समितिका सदस्यहरुले उठाएपछि समितिको सोमबारको बैठकले कार्कीलाई बोलाउने निर्णय लिएको हो ।
अख्तियार प्रमुखलाई बुधबारको बैठकमा उपस्थित हुन भनिएको छ ।समितिका सभापति शेरधन राईले समितिमा आएका गुनासाहरुलाई ध्यानमा राखेर कार्कीलाई बोलाइएको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]