अन्ततः भाँडियो सर्वदलीय राजनीतिक सभा
काठमाडौँ -सरकार तथा आन्दोलनरत पक्ष तेत्तिस दलीय राष्ट्रिय मोर्चावीच भाद्र ३१ गते हुने भनिएको सर्वदलीय राजनीतिक सभा अन्ततः भाँडिएको छ । सर्वदलीय राजनीतिक सभाको सम्पूर्ण तयारी पूरा गरिएको भनि सत्ता पक्ष र संविधानसभामा रहेका दलहरुद्वारा दावी गरिएपनि सर्वदलीय राजनीतिक सभाको सम्पूर्ण क्रियाकलाप तथा काम कार्वाहीमा सहमति नभएको कारण तत्कालको लागि राजनीतिक सभा भाँडिएको नेताहरुको दावी छ । स्रोतका अनुसार सरकार तथा चार दलले केवल एक दिनको लागि मात्र सर्वदलीय राजनीतिक सभा सकिने धारणा राखे भने आन्दोलनरत तेत्तिस दलीय राष्ट्रिय मोर्चाले भने सो कुरामा सहमति नजनाएपछि सहमति नभएको विश्लेषण गर्न थालिएको छ । हिजो बसेको शीर्ष बैठकमा केही सहमति नभएपछि सर्वदलीय राजनीतिक सभा अन्यौलमा परेको थियो तर आज विहानै फेरि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको अध्यक्षतामा चार दल र नेकपा—माओवादीका शीर्ष नेता वीच वार्ता भएपनि कुनै ठोस सहमतिमा पुग्न नसकिएको वार्तामा सहभागी नेताहरुले बताएका छन् ।
यता संविधान सभामा रहेका केही राजनीतिक दलहरुले भने सर्वदलीय राजनीतिक सभाप्रति असन्तुष्टि जनाउदैँ त्यसमा सहभागिता नजनाउने बताएका छन् भने केही राजनीतिक दलहरुले त्यसले गर्दा संविधान सभा ओझेलमा पर्ने तथा संविधान सभाको औचित्य समेत संकटमा पर्ने बताउदै आएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वदलीय राजनीतिक सभाको कुनै औचित्य नभएको भन्दै त्यसमा आफ्नो पार्टी सहभागी नहुने धारणा राखेका हुन भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले पनि राजनीतिक सभाको औचित्य नरहेको धारणा सार्वजनिक गरिरहेका छन् यही अबस्थामा सर्वदलीय राजनीतिक सभा स्थगित हुनुलाई तेत्तिस दलीय राष्ट्रिय मोर्चाका नेताहरुले निकै अर्थपूर्ण रुपमा लिएको बताएका छन् ।
विशेष सुत्रका अनुसार काँग्रेस एमालेका नेताहरुका कारण सर्वदलीय राजनीतिक सभा विथोलिएको बताइएको छ । तेत्तिस दलीय राष्ट्रिय मोर्चाले संविधान नबनेसम्म र शान्ति प्रक्रिया टुंगिएर संक्रमणकालको अवधि नसकिएसम्म सर्वदलीय राजनीतिक सभाको अवधि कायम रहन पर्ने धारणा सार्वजनिक गरेका थिए भने सरकार पक्षीय दलहरुले भने केवल एकै दिनमा सर्वदलीय राजनीतिक सभाको अन्त्य गरिनपर्ने विचार व्यक्त गरेका थिए यही कारण सहमति भई सकेको सर्वदलीय राजनीतिक सभा आखिरी घडीमा आएर विथोलिएको चर्चा गरिदैँ छ । हिजोको बैठकमा एमाले अध्यक्ष केपी ओली उठेर हिंडे पछि बैठक भाँडिएका बैठकमा सहभागी एक नेताले बताएका छन् ।
यता राजनीतिक सभामा सहमति भई त्यसमा सहभागी हुन र आफ्नो विचार राख्न मोर्चामा सहभागी दलको नेतालाई भ्याई नभ्याई छ । केही दिन अगाडि बसेको मोर्चाको बैठकमा संविधानको अन्र्तवस्तुमा सहमति खोज्ने भन्दै विभिन्न पार्टीका नेताहरुले आफ्ना धारणा मोर्चाका बैठकमा पेश गर्न खोजेपछि र त्यसले पक्ष विपक्षमा कटाक्ष गर्न थालेपछि त्यसलाई रोक्न सर्वदलीय राजनीतिक सभाको तयारी गर्ने कार्यदलमा रहेका माओावदी सचिव देव गुरुङ र प्रवक्ता पम्फा भुसाललाई हम्मे हम्मे परेको थियो । पछि पहिलो दिनको सभामा अन्र्तवस्तुभन्दा संविधान निर्माणमा सहमति भएका विषयहरु र सहमति नभएका विषयहरु माग्ने ,सर्वदलीय राजनीतिक सभाको आयोजना गरेकोमा सरकार र सम्बन्धीत दलहरुलाई धन्यवाद दिने र आफ्नो पार्टीको परिचय जस्ता सामान्य कुरा मात्र राख्ने सहमति मोर्चाको हिजो सम्पन्न बैठकले गरेको थियो । तेत्तिस दलीय राष्ट्रिय मोर्चामा विभिन्न धारले प्रतिनिधित्व गर्ने हँुदा अहिले विभिन्न विषयहरु उठान गरिएका छन् कतिपय दलहरुले अन्तरिम संविधानको मर्मलाई समेत ख्याल नगरी एजेण्डा राख्ने गरेका छन् । जस्तो कि केही पार्टीहरुले कुनै न कुनै रुपमा राजतन्त्र राख्ने पर्ने दवाव सिर्जना गरेका छन् भने कसैले हिन्दु राज्यको विषयलाई उठाएका छन् । एकथरिले पहिचानसहितको संघीयताको विषयलाई प्राथमिकता दिएका छन् भने गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवादले भने नेपालवादलाई प्रमूखताको साथ उठाउने तयारी गरेको छ । आसन्न सर्वदलीय राजनीतिक सभामा पार्टीको तर्फवाट संघीयता ,शासकीय स्वरुप ,धर्म सम्बन्धी नीति ,निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयमा फरक नेपालवादी दृष्टिकोण राख्नकै लागि पार्टी पदाधिकारीले ति विषयमा सम्बन्धीत रहेर दस्तावेज तथा राजनीतिक सभामा प्रस्तुत गरिने सामाग्री तयार गरि सकिएको गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवादका वरिष्ठ उपाध्यक्ष तथा ३३ दलीय राष्ट्रिय मोर्चा हेर्ने तथा राजनीतिक सभामा समेत सहभागी हुन पार्टीको म्याण्डेट पाएका युवराज सफलले जानकारी दिएका छन् । उक्त पार्टीले पार्टी अध्यक्ष ,महासचिव ,उप महासचिव र सचिव सहित पदाधिकारीको सक्रियतामा सो डकुमेण्ट तयार गरेको हो । अब हुने राजनीतिक सभामा सशक्त रुपमा पार्टीको धारणा राख्ने र राष्ट्रिय राजनीतिमा नेपालवादलाई पूर्ण रुपमा बहसमा ल्याउने सो पार्टीले जनाएको छ ।
उता निर्धारित समयमै हुन्छ भनिएको सर्वदलीय राजनीतिक सभा विथोलिएपछि सरकारसँग आन्दोलनरत ३३ दलीय राष्ट्रिय मोर्चा संशकित भएको छ । तर तत्काल छलफलमा बसी आवश्यक तयारी पछि पुन प्रधानमन्त्री अमेरिका जानु अगावै सर्वदलीय राजनीतिक सभामा गर्ने कुरामा छलफल अगाडि बढिरहेको बुझिएको छ । सरकार एक दिनमै यसको म्याद सिध्याउने पक्षमा र तेत्तिस दलीय राष्ट्रिय मोर्चा संविधान जारी नहँुदा र शान्ति प्रक्रियाले ठोस गति नलिएसम्म सर्वदलीय राजनीतिक सभाको अबधि कायम राख्ने अडानमा रहेको कारण समस्या सिर्जना भएको बताइएको छ । तर पनि दुवै पक्षलाई मान्य हुने गरी सहमति खोज्ने प्रयास थालिएको वार्तामा सहभागी नेताहरुले बताएका छन् । आज सर्वदलीय राजनीतिक सभा हुन्छ भनेर नेकपा —माओवादीको पार्टी कार्यालय बुद्वनगरमा भेला भएका मोर्चाका शिर्षनेताहरु चिया पिउदैँ र राजनीतिक सभा हुन्छ हँुदैन भन्ने बहश गर्दै घर फर्किएका छन् भने कार्यदलको मिटिङवाट फकिर्एका माओवादी सचिव तथा मोर्चाका संयोजक देव गुरुङले तत्काल सहमति नजुटेको तथा थप छलफल गरेपछि राजनीतिक सभाको आयोजना गरिने धारणा सार्वजनिक गरेपछि हस् भन्दै मोर्चाका नेताहरु बाहिरिएको बुझिएको छ ।
-वाई.आर . पौडेल