प्रथम परिवार नियोजन दिवस मनाइदै

२०७१ आश्विन २ गते, बिहीबार


काठमाडाै, २ असाेज।व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नारा सहित आज प्रथम परिवार नियोजन दिवस मनाईंदैछ ।दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सन्देश दिंदै अन्तरराष्ट्रिय रुपमा सन् २०२० सम्ममा परिवार नियोजनको सेवाबाट बन्चित भएका महिला, पुरुषको लागि परिवार नियोजन २०२० को अभियानका साथ विशेष कार्यक्रम संचालन भइरहेको जानकारी दिए ।
नेपालको अन्तरिम संविधान २०६३ ले परिवार नियोजन लगायत प्रजनन स्वास्थ्यलाई हरेक नागरिकको मौलिक अधिकारको रुपमा स्थापित गरेको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन अनुसार नेपालको कूल प्रजनन दर २ दशमलव ६ प्रति महिला रहेको छ भने विपन्न वर्गमा प्रजनन दर ४ दशमलव १ प्रति महिला छ । आधुनिक परिवार नियोजन साधनको प्रयोग दर ४३ प्रतिशत छ । मन्त्रालयले सन् २०१५ सम्ममा प्रयोग दर ६७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । परिवार नियोजनले आर्थिक विकास, महिला सशक्तिकरणमा सहयोग गर्दछ । त्यस्तै यौन रोग तथा एच आइ भी संकमणको रोकथाममा पनि सहयोग पुर्याउँछ ।

प्रतिक्रियाहरु

[anycomment]