नेता दिवाकरको सम्झाना श्रदाञ्जली सभा गरिदै

काठमाडौ, ५ असोज । एकीकृत नेकपा माओवादीले पार्टी कार्यालय पेरिसडाडाँमा नेता पोष्टबहादुर बोगटी दिवाकरको श्रदाञ्जली सभा गने भएको छ ।
आज दिउसो १२ बजे पार्टी कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेताहरु डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतको सहभागीतामा श्रदाञ्जली सभा हुन लागेको एकीकृत माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए ।बोगटीको सम्झानामा आज ७५ जिल्लामा नै श्रदान्जलीसभा गर्न लागिएको छ । गएको भदौ २६ गते हृयदघात भएपछि उपचारको क्रममा बोगटीको निधन भएको थियो ।