अनसनकारी अधिकारीको मृत्यु

२०७१ आश्विन ६ गते, सोमबार


काठमाडौ, ५ असोज । द्वन्द्वकालमा मारिएका छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै लामो समयदेखि अनसनमा बसिरहेका अधिकारी दम्पत्तिमध्ये नन्दप्रसाद अधिकारीको आज अनसनकै क्रममा मृत्यु भएको छ ।आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति विगत लामो समयदेखि अनसनमा रहेका थिए । उनीहरुलाई वीर अस्पतालमा विशेष व्यवस्थासहित राखिएको थियो । अस्पताल स्रोतका अनुसारको अधिकारीको सोमबार अपरान्ह ४:४० मा मृत्यु भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]