कांग्रेसमा किचलो सुजाता ३ महिना निलम्बनमा
काठमाडौं ,८ असोज । संविधानसभा निर्वाचनमा पार्टी उमेद्वारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाही गरेको छ । आजको नागरिक दैनिक लेख्छ, केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्याय संयोजकत्वको ५ सदस्यीय समितिले पार्टीको झन्डै सात दशक लामो इतिहासमा पहिलो पटक केन्द्रीय सदस्य, सभासद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, क्षेत्रिय सभापतिका साथै महासमिति सदस्यलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य एवमं संसदीय समितिका सदस्य कोइराला, सभासद गणेशप्रसाद विमली, पूर्वमन्त्री सुशीला स्वाँर, पूर्वराज्यमन्त्री सुशीलमान शेरचन, पर्शुराम पोखरेल, पूर्व जिल्ला सभापति बिदुर बस्नेत लगायतका छन् ।