आन्दोलनमा उत्रिए टेलिकमका इन्जिनियर

२०७१ आश्विन ८ गते, बुधबार


काठमाडौँ, ८ असोज । गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको विरोधमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा कर्मचारीले तोडफोड गरेका छन् ।आन्दोलनरत इञ्जिनियरकै विरुद्धमा आज प्रशासन तर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।झडपको क्रममा दुवैतर्फका केही कर्मचारी सामान्य घाइते भएका छन् ।
झडपको क्रममा कर्मचारीले प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडि रहेको पाँच वटा झ्यालका सिसा फोड्नुका साथै कुर्ची र गमला समेत तोडफोड गरेका छन् ।
प्रशासनतर्फका कर्मचारी बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको भन्दै इञ्जिनियरहरुले आचार्यको कार्यकक्ष अगाडि विगत १५ दिनदेखि अनशन बसिरहेका थिए ।दसँै नजिकिँदै गर्दा टेलिकमको दसैँ योजना सञ्चालनमा समेत आन्दोलनकर्मीले अवरोध पु¥याएको भन्दै प्रशासनतर्फका कर्मचारी इञ्जिनियरहरुका विरुद्ध आज आन्दोलनमा उत्रिएपछि दुवै पक्षबीच झडप भएको हो । झडपलगत्तै आएको प्रहरीले प्रदर्शनकारी कर्मचारहीलाई तितरवितर पारेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]