प्रधानमन्त्री कोइराला राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
काठमाडौ, १० असोज । आज प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गर्दैछन् ।महासभामा सहभागी हुन कोइराला २१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै एक साताअघि न्यूयोर्क प्रस्थान गरेका थिए । कोइरालाले यसअघि मंलगबार जलवायु सम्मेलनलाई सम्बोधन गरेका थिए । यस्तै कोइरालाले अमेरिकी राष्ट्रपति बराक ओवामा, श्रीलंकाली समकक्षी महेन्द्रा राजापाक्षे लगायतसँग उच्च्स्तरीय भेटवार्ता गरेका थिए । कोइरालाले भोलि शुक्रबार राष्ट्रसंघीय महासचिव वान कि मुनसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको टोली शनिबार स्वदेश फर्कने छ ।