प्रहरी प्रवक्तामा डिआईजी जोशी नियुक्त

२०७१ आश्विन १३ गते, सोमबार

काठमाडौ -नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक( डिआइजी) माधवप्रसाद जोशीनियुक्त भएका छन । केही दिनअघि मात्र एसएसपीबाट प्रहरी नायव महानिरीक्षक डिआइजीमा बढूवा भएका उनलाई आइतबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक माधवप्रसाद जोशीलाई नेपाल प्रहरीको प्रवक्ता तोकेको जनाएको हो । प्रहरी नायव महानिरीक्षक जोशीलाई मोवाइल नम्बर ९८५१०६७५८९ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रियाहरु

[anycomment]