सोमबार बकर इद,देशभर सार्वजनिक बिदा
काठमाडौं। इस्लाम धर्मावलम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा)को दिन सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले एक सूचना जारी गर्दै सो दिन (२० गते) सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाएको हो । बडादसैंको बिदाकै बीचमा बकर इद परेपछि सार्वजनिक बिदा समेत लम्बिएको छ ।