आज विश्व शिक्षक दिवस

२०७१ आश्विन १९ गते, आईतवार

काठमाडौ, १९ असोज ।आज विश्व शिक्षक दिवस, शिक्षकमा लगानी, भविष्य सुनिश्चित भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको आव्हानमा अक्टोवर ५ मा विश्वभर नै शिक्षक दिवस मनाइने गरिन्छ ।नेपालमा भने दसैंको बेला दिवस परेकाले औपचारिक कार्यक्रम आयोजना नगरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ ।
नेपालमा करिब तीन लाखको संख्यामा शिक्षकहरु रहेका छन् । अस्थायी र निजी स्रोेतका शिक्षकहरुले भने विभिन्न सेवा, सुविधा नपाएको गुनासो गर्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]