आज विश्व बसोबास दिवस
काठमाडाैं, २० असाेज।आज विश्व बसोबास दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनार्इंदैछ । राष्ट्र संघको साधारण सभाले सन् १९८५ मा अक्टोबर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।
बढ्दो शहरीकरणका कारण पूर्वाधार र सेवा सुविधाको अपर्याप्तता, बढ्दो वायू प्रदुषण, फोहोरमैला विसर्जन जस्ता समस्या अहिले ठूलो चुनौतीका रुपमा रहेको राष्ट्र संघले जनाएको छ । शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीब्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्दश्यले यो दिवस मनाउन थालिएको हो ।