नेपाली कांग्रेसले चियापान आयोजना गर्दै

२०७१ आश्विन २१ गते, मंगलवार


काठमाडौं, २१ असोज । नेपाली कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमामा झैं आजपनि चियापन गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने चियापानका लागि सबैमा कांग्रेसले आमन्त्रण गरेको छ । विजयादशमी, दिपावलीलगायत चाडपर्वको अवसरमा पार्टीले गर्ने चियापान कार्यक्रमको निम्तो सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले दिएका छन् ।चियापानमा सहभागिताका लागि प्रमुख राजनीतिक दल, विदेशी कुटनीतिज्ञ, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, उद्योगी–व्यवसायीलगायत विभिन्न तहका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
चियापान दिउँसो १ बजेदेखि ४ बजेसम्म आयोजना गरिने छ । कांग्रेसका संस्थापक वीपी कोइरालाले वि.सं. २०३५ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान वीपीको निधनपछि पनि कांग्रेसले निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]