एमाले संसदीय दलको बैठक बस्दै

२०७१ आश्विन २३ गते, बिहीबार


काठमाडौ, २३ असोज । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने बताईएको छ ।एमालेले दलहरुबीच हिजो भएको सहमति र संविधानका विवादित विषयमा छलफल गर्ने जनाएको छ ।बिहान १० बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा संसदमा एमालेले खेल्ने भूमिका, सभासदहरुले राख्ने भनाई र हिजोको सहमति कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
त्यस्तै संविधान निर्माण प्रक्रियाका विषयमा देखिएका विवादित विषयमा एमालेले बनाउने धारणाका विषयमा छलफल हुने उपाध्यक्ष भीम रावलले जानकारी दिए ।संसद चलेपछि अब संसदीय गतिविधि बढ्ने भएकाले एमालेले संविधानसभा र संसदमा खेल्ने भूमिका, उपस्थिति लगायतका समर्ग विषयमा छलफल हुने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]