यस्तो पो प्रचण्ड प्रवृति
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको कार्य प्रवृति पार्टीीभत्र मात्र होइन आम राजनीतिमा समेत कसैले अनुमान लगाउन नसक्ने किसिमको भएको र्सबबिदितै बिसय हो । यसै क्रममा चालिस दिनसम्म संविधानसभाको बैठक रोकेर उच्चस्तरीय राजनीतिक समितिको दर्ुइ महिने करारसहित संयोजक पद हत्याउन सफल एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको कार्यशैली पुन अनौठो देखिएको छ । सबैको सहमतिमा संविधान बनाउने उच्चस्तरीय राजनीतिक समितिको संयोजक आफै भए पनि उनले सडक आन्दोलन पनि चर्काउन सुहरू गरेका छन् । प्रचण्डको आदेसमा एकीकृत नेकपा-माओवादीसहितका २२ दल सहमतिय आधारमा संविधान जारी गर्नका लागि दबाब दिन भन्दै आन्दोलनमा उत्रिएका छन् ।नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतका आधारमा संविधान जारी गर्न षडयन्त्र गरेको भन्दै एमाओवादीसहितका २२ दल सडक आन्दोलनमा उत्रिएका हुन् । २२ दलीय मोर्चाले शुक्रबार काठमाडौंमा जुलुस पर््रदर्शन गरेको छ । २२ दलीय मोर्चाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म जुलुस पर््रदर्शन गरेको हो । जुलुसपछि नयाँ बानेश्वरमा गरिएको कोणसभामा बोल्दै एमाओवादीका महासचिव कृष्णबहादुर महराले पहिचान बिनाको संविधान कुनै हालतमा स्वीकार नगर्ने बताए । उनले पहिचान र अधिकारका लागि नै जनयुद्ध र मधेस आन्दोलन भएको भन्दै आन्दोलनको मर्म र भावना विपरित संविधान जारी गरे भोलिपल्टै संविधान च्यात्ने चेतावनी दिए । उनले पहिचान विनाको संविधान जारी गर्नेहरूलाई बाँकि नराख्ने धम्की पनि दिए । राज्यपर्ुनर्सरचना, राज्यको शासकीय स्वहरूप, निर्वाचन प्रणाली र न्याय प्रणाली जस्ता मूलभूत विषयहरूमा प्रमुख दलहरूबीच सहमति गरेर मात्र संविधान जारी गरिनुपर्ने २२ दलीय मोर्चाको भनाइ छ । मोर्चाले सहमतीका आधारमा संविधान जारी गर्नका लागि दबाब दिन भन्दै सुनसरीको इटहरीमा असोज २७ गते र दाङमा असोज २९ गते जुलुस प्रदर्शन गर्ने तथा असोज ३१ गते काठमाडौंमा जनसभा गर्ने बताएको छ ।