खाद्य अधिकार विधेयक बन्दै
काठमाडौ ।सरकाले क्षतिपूर्ति सहितको व्यवस्था हुने गरि खाद्य अधिकार विधेयक ल्याउने तयारी गरेको छ । खान नपाएका कारण कसैलाई रोग लाग्यो, कुपोषण भयो अथवा विरामी परे भने मात्रै पनि अब क्षति पूर्ति पाइने व्यवस्था हुँदैछ ।प्रधानमन्त्री कार्यालयको मातहतमा छुट्टै वोर्ड रहनेगरि बन्न लागेको विधेयकमा खान नपाएका कारण कोही विरामी परेको पुष्टि भए त्यसको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गर्न लागेको अधिकारीहरुले बताएका छन् । कानुन तथा न्यायाय र कृषि मन्त्रालयको समुन्वयमा सरोकारवाला हरुले नै विधेयकको मस्यौदा तयार गरेका हुन् ।
नेपालको अन्तरिम संविधानमा खाद्य अधिकारलाई मौलिक हम मानेपनि अहिलेसम्म त्यस सम्बन्धि ऐन बन्न सकेको छैन । नागरिकको कानुनसम्बन्धि काम गर्ने सस्था जुरी नेपाल र खाद्य अधिकारका विषयमा काम गर्ने फियान नेपालले विधेयकको मस्यादा तयार गरेर सरकारी अधिकारीलाई बुझाएका छन् ।
राज्यपुनर्संचना आयोगका पूर्व सदस्य तथा अभीयानका अध्यक्ष सर्वराज खड्काले विधेयकले अन्तिम रुप पाइनसकेको तर सरकारी अधिकारी सभासदका बिचमा छलफल भइसकेको जानकारी दिए । उनले सरकारी विधेयकका रुपमा संसदमा लैजान अहिले छलफल भइरहेको बताए । नेपालमा २३ लाख भन्दा बढी नागरिक भोकमरीमा रहेको तथ्याङ्क छ ।