एमालेमा चरीको अन्तपछि चमेरो
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सहकुलबहादुर थापाले नियन्त्रण अभियानअन्तर्गत चमेरोलाई पक्राउ गरिएको बताएका छन ।उनी एमाले सम्वद्ध युवासंघका कार्यकर्ता हुन् । युवासंघको आडनमा चमेरोले चितवन र नवलपरासीका विभिन्न स्थानमा व्यापारीलाई धम्काएर चन्दा असुली गर्नुका साथै गुण्डागर्दी, फिरौती र ठेक्का पट्टामा कब्जा जमाउँदै आएको प्रहरीले जनाएको छ ।
एमालेका चर्चित डन दिनेश अधिकारी चरीको प्रहरी इन्काउण्टरमा ज्यान गएपछि एमालेमा चमेरो नामका नयाँ डनको जन्म भएको हो ।
गुण्डा गर्दीमा संलग्न रहेको आरोपमा चितवनमा दिनेश रेग्मी उर्फ चमेरो डन पक्राउ परेका छन् । भरतपुर १२ पोखरेनी टोलका चमेरोलाई गुण्डागर्दीको आरोपमा चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको छ ।