नआउने भो मेलम्चीको पानी
काठमाडौँ, ११ कात्तिक ।मेलम्चीको पानी आगामी २०७३ वैशाख १ मा ल्याउन सकिने अवस्था क्षीण हुँदै गएको छ ।सुरुङको निर्माणसम्बन्धी जानकारी लिन इटालीका विदेश राज्यमन्त्री बेनेडेट्टो डेल्ला भेदोभासहित मंगलबार सुन्दरीजल पुगेका सहरीविकासमन्त्री नारायण खड्कासमक्ष प्रगति विवरण प्रस्तुत गर्दै परामर्शदाता कम्पनीले भौगर्भिक अवस्था र प्राविधिक कारणले पूर्वनिर्धारित समयमा काम सक्ने सम्भावना क्षीण भएको बताएको हो ।
परामर्शदाता कम्पनीका अनुसार दैनिक कम्तीमा ३८ मि सुरुङ खनिनुपर्नेमा बढीमा २० मि मात्र सुरुङ खनिएकाको छ ।
सुरुङको काममा अहिले देखिएका भौगर्भिक, प्राविधिक र प्रशासनिक समस्या हल गरेर समयमै पानी ल्याइपु¥याउने प्रयास अझै जारी रहेको भने कम्पनीले जनाएकोछ ।आयोजनाको २६.५ किमि सुरुङ मार्गमा अहिलेसम्म नौ किमि ८०० मि मात्र खनिएको छ ।