बाबुराम पक्षलाइ सखाप पारिदै
काठमाडौँ । एकीकृत माओवादीले बाबुराम पक्षलाइ सखाप पार्दै लागेको छ ।यसै स्वरुप एमाओवादी रसुवाले समानान्तर कमिटी गठन गरेको भन्दै नेता बाबुराम भट्टराई पक्षधर पूर्वसभासदसहित आधा दर्जन नेता कार्यकर्तामाथि कारबाही गरेको छ ।पोलिट्ब्युरो सदस्यद्वय नारायण दाहाल र हितबहादुर तामाङको उपस्थितिमा मंगलबार बसेको जिल्ला कमिटी बैठकले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा उनीहरुमाथि कारबाही गरेको हो ।
कारबाही पर्नेमा पूर्वसभासद प्रेमबहादुर तामाङ, फुुर्वा वाङ्दी तामाङ, जीवन सुनुवार, ठाकुरप्रसाद अधिकारी र चमेली विक लगायत छन् । पूर्वसभासद तामा समानान्तर कमिटीका अध्यक्ष हुन् ।
जिल्ला सम्मेलन आयोजक समिति संयोजक इन्द्र गौतमद्वारा बुधबार जारी विज्ञप्तिमा पार्टी अनुसासन र हितविपरीत काम गरेकाले पार्टी सदस्यसमेत नरहने गरी अनिश्चितकालका लागी कारबाही गरिएको उल्लेखछ ।
विज्ञप्तिमा ती व्यक्तिहरुले गत वैशाख १५ गते भएको जिल्ला सम्मेलनका क्रममा आफ्नै साथीहरुमाथि कुटपिट र हुलहुज्जत गरेको, समानन्तर कमिटि गठन गरेको लगायत आरोप लगाइएको छ ।
बैठकले समनान्तर समिति बनाउन उक्साएको भन्दै भट्टराई पक्षधर केन्द्रीय सदस्य सोनामसिंह स्याङ्तानलाई कारबाही गर्न केन्द्रसाग माग गरेको छ । यस्तै जिल्ला कमिटी बैठकले गौतमकै संयोजकत्वमा ४१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ ।