जनवादी राज्यसत्ताका लागि आन्दोलन थाल्छौं : किरण
काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पार्टीले अब नयाँ जनवादी राज्यसत्ताका लागि आन्दोलन थाल्ने दाबी गरेका छन् ।पार्टी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले बुधबार ललितपुरमा नेपाल सम्वतको अवसरमा गरेको चियापान कार्यक्रममा किरणले संविधानसभा र संविधानका विषयमा जारी आन्दोलन छाडेर नयाँ जनवादी राज्यसत्तातर्फ आन्दोलन मोडिने दाबि गरे ।किरणले राजनीतिक दलका नेताहरुले सहमतिको नाममा नौटंकी मात्रै गरिरहेको आरोप पनि लगाए ।