ताप्लेजुङमा बम पड्क्यो
काठमाडौँ । गएराति ताप्लेजुङ जिल्ला प्रहरी कार्यालय नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ । गएराति करीव १० बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको माथिल्लो पटिको गेट नजिकै प्रेसर कुकर बम विस्फोट भएको हो ।विस्फोटले मानविय तथा भौतिक कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख मेघराज कँडेलले जानकारी दिए । प्रहरीले विस्फोट भएको स्थानबाट केहि मिटर तार समेत बरामत गरेको छ ।
उता, आज बिहान प्रहरीले सोही स्थानबाट अर्को एउटा सुतली बम समेत बरामद गरेको छ । प्रहरीले उक्त बम निश्क्रिय पार्ने तयारी गरिरहेको छ । बम कसले र किन राखियो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।