एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

२०७१ कार्तिक १८ गते, मंगलवार


काठमाडौ, १८ कात्तिक । नेकपा एमालेको चार दिनअघि स्थगित भएको तेस्रो केन्द्रीय कमिटीको बैठक आज पुन बस्दैछ ।यस अघिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यविभाजन, कार्ययोजना र पोलिटव्यूराको गठल लगायतका एजेण्डा प्रस्तुत गरे पनि छलफल नगरी बैठक स्थगित भएको थियो ।
आजको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता माधवकुमार नेपालले औपचारिक रुपमा पेस गर्नु भएको ७ बुँदे असहमतिको बारेमा छलफल हुनेछ ।यद्यपी शीर्ष नेताहरुको व्यस्तताका कारण आजको बैठक पनि स्थगित गर्ने तयारी भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा नेताहरु सहभागी हुनपर्ने भएकाले केही बेर बसेर केन्द्रीय कमिटी स्थगित गरिने एमाले सचिव प्रदीप ज्ञवालीले सीआईएनलाई बताए ।

प्रतिक्रियाहरु

[anycomment]